धर्सो
कुनै मानिसको असी वर्षको ओठको मुस्कान, मनका उछ्वास अनि स्मृतिका पत्रहरू केवल पाँच डलरमा लिलाम हुन सक्छन् भन्ने कुरा मैले हेदरको हरियो चौरमा उभिएर मात्र थाहा पाएँ । मौसम जान्न हातमा कफी बोकेर मूलढोकाबाट यसो बाहिर निस्केको थिएँ, बाहिरको चिसोले जाडो दैलोमै आइसकेको सङ्केत गर्यो । रुखका नाङ्गा हाँगाहरू … Read more


